अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठकमा आज ८ वटा विधेयकसम्बन्धी समितिका प्रतिवेदन पेश हुने

राष्ट्रिय सभा बैठकमा आज ८ वटा विधेयकसम्बन्धी समितिका प्रतिवेदन पेश हुने


काठमाडौं – संघीय संसदअन्तरगतको राष्ट्रिय सभा बैठक बस्दैछ। अहिले केही समयमा बस्ने बैठकमा विधायक व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नाराय दत्त मिश्रले ८ वटा विधेयकसम्बन्धी समितिका प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले बताउनुभयो ।

अध्यागमन विधेयक २०७६,अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ सभासमक्ष पेश हुने कार्यसूची छ।