रुपन्देही – रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको मृत्युमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने एक व्यक्तिको मृत्यु भएपछि सार्वजनिक विदा दिएको हो।
अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा उपाध्यक्षको देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन ।
गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।
गाउँपालिका परिवार भित्रको घटना भएकाले सार्वजनिक विदा दिएको अध्यक्ष बरईले बताए । यो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका उम्मेदवारले जितेका थिए ।
प्रतिक्रिया