अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : प्रधानमन्त्री


काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त कुरा राखिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । ‘मन्त्रिपरिषद्मा हाम्रो टिमबारे कुराकानी भयो । हामीले निर्णय गरिसकेका छौँ । तुरुन्तै कार्यान्वयन गर्नुस् । अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ उहाँले भन्नुभयो, उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ । कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । बजेट पारितका लागि रोकिएको नेताहरू बताउँछन् ।

त्यसैगरी, आजको बैठकमा एसपीपीबारे पनि छलफल भएको खनालले जानकारी दिनुभयो । एसपीपीबारे सर्वदलीय बैठक छिट्टै बोलाऔँ भन्ने प्रस्ताव आएको पनि उहाँले बताउनुभयो ।