झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ ।
झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले भन्नुभयो, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ ९दुबई० मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं ।’
यस विषयमा दुबैबाट नेपाल आउनुभएक शेख मोहम्मद मक्तोउम जुमाला र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उहाँको भनाई छ ।
प्रतिक्रिया