काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा सक्नेगरी आन्तरिक तयारी थालेको छ ।
आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी आयोगले सुरु गरेको हो । आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ । कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी छलफल भएको एक आयुक्तले जानकारी दिनुभयो ।
‘सरकारसँग अनौपचारिक रूपमा छलफल भएको छ । कात्तिक अन्तिम साता चुनाव गर्ने गरी छलफल भएको हो । निर्वाचनको मितिबारे ठोस त भइसकेको छैन,’ ती आयुक्तले भन्नुभयो, ‘तर, कात्तिक २७ गते चुनाव गर्न आयोग तयार छ । हाम्रो प्रस्ताव सरकारलाई यही रहन्छ ।’
केही दिनमा नै औपचारिक रूपमा मिति प्रस्ताव गर्ने तयारी भइरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया