अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटनमन्त्री आले विरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी

पर्यटनमन्त्री आले विरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी परेको छ ।

अश्लिल शब्द प्रयोग गरिएका अडियोहरू एकपछि अर्को गरी सार्वजनिक भएपछि कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी रेजिना पौडेयालले ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन’ गरेको भन्दै आलेविरुद्ध उजुरी दिनुभएको हो ।

केही दिनअघि मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज र हातपात गरेको अडियो सार्वजनिक भएको थियो ।

संस्कारयुक्त समाज निर्माणको जिम्मा पाएका मन्त्रीले नियमको बर्खिलाप गरेको भन्दै यस्ता घटनालाई सामान्य मान्य नहुने भन्दै उजुरीकर्ताले कारबाहीको माग गरेका छन् ।

सभामुख तथा आचारण अनुगमन समितिका सभापति अग्निप्रसाद सापकोटा, विपक्षी दलका नेता केपी शर्मा ओली, समितिका सचिव र संघीय संसदका महासचिवलाई उजुरीको वोधार्थ दिइएको छ । उजुरीपत्रमा अडियोसम्बन्धी आवश्यक अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्न समितिसमक्ष अनुरोध गरिएको छ ।

सांसदको आचारसंहिकताको विषयमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकूलको व्यवहार गर्ने उल्लेख छ । यस्तै सोही नियमको उपनियम (२)मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजिनक जीवनका सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ ।