अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको सरकारलाई प्रश्न : मन्त्रीहरूलाई अनैकित कार्य गर्न छुट हो ?’

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको सरकारलाई प्रश्न : मन्त्रीहरूलाई अनैकित कार्य गर्न छुट हो ?’


काठमाडौं – नेकपा एमालेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले र अर्थमन्त्री जनार्दन शर्मा बारे आएका विषयमा छानविन गर्न समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले पछिल्लो पटक संस्कृती मन्त्रीको अडियो समाचारप्रती ध्यानाकर्षण गराउँदै प्रश्न समेत उठाउनुभएको छ । उहाँलेले मन्त्रीहरूले अनैतिक कार्यहरू गर्दा पनि सरकार मौन रहेको आरोप लगाउनुभयो ।

‘संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, उहाँले बोल्दै गर्दा कान थुन्नुपर्ने अवस्था सिर्जना भएको छ । अश्लील शब्द प्रयोग गर्दै कर्मचारीलाई हातपात गरेको समाचार मात्रै होइन अडियो समेत सार्वजनिक हुँदा पनि यो सरकार मौन रहन्छ,’ उहाँले भन्नुभयो’ उहाँले नैतिक जिम्मेवारी लिनुपर्ने होकी होइन ? सम्बन्धित पार्टी मौन छ, सरकार मौन छ । सरकारका मन्त्रीहरुलाई यस्तो अनैकित कार्य गर्न छुट हो ?’

यस्तै, सांसद न्यौपानेले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)बारे बहस चलिरहेको बेलामा प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्रीले आफू कुन प्रयोजनका लागि भ्रमणमा जान लागेको भन्नेबारे प्रस्ट पार्नुपर्ने बताउनुभयो ।

प्रतिपक्षका नेतालाई नै दोष दिने काम गरिएको बताउँदै कुन मितिबाट एसपीपी अगाडि बढ्यो भन्नेबारे नेपाली जनताले थाहा पाउनेगरी संसदीय समिति निर्माण गरी छानबीन हुनुपर्ने उहाँको भनाई थियो ।