अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाद्धारा प्रशंसा

बालेनले ल्याएको नीति तथा कार्यक्रमको कमल थापाद्धारा प्रशंसा


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशंसा गर्नुभएको छ ।

आइतबार मेयर बालेनले सबै पक्षलाई समटेर नीति तथा कार्यक्रम ल्याउनुभएको थियो । उक्त नीति तथा कार्यक्रमको अध्यक्ष थापाले प्रशंसा गर्दै स्याबासी दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उनले स्याबासी दिँदै भन्नुभएको छ्, ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविकै हो । तथापि काठमाडौंको समग्र विकासका लागि बालेन्द्र शाहद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रशंसानीय छ ।’

थापाले मूलतः काठमाडौँको संस्कृति एवं सम्पदाको संरक्षण–संवद्र्धन र शिक्षा विकासमा ध्यान दिनु उक्त नीति तथा कार्यक्रमको राम्रो पक्ष रहेको बताउनुभएको छ ।