अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्धारा पेट्रोलियम मूल्यवृद्धि विरुद्ध संसद्मा सरकारको विरोध

एमालेद्धारा पेट्रोलियम मूल्यवृद्धि विरुद्ध संसद्मा सरकारको विरोध


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध संसद्मा सरकारको विरोध गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद पद्मा अर्यालले मूल्यवृद्धि अचाक्लि भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिले असर पर्ने भएकाले महँगीविरुद्ध एमाले बिरोधमा उत्रने उहाँले बताउनुभयो

केही दिन अगाडि एमालेका प्रमुख सचेतक एवम् सांसद् विशाल भट्टराईले संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरेको थियो । जसमा पेट्रोलियम पदार्थको मुल्य स्वचालित मुल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्रि मुल्य परल मुल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरिएको थियो ।

सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।