अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद दाहालद्धारा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राष्ट्रियसभामा पेस

एमाले सांसद दाहालद्धारा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राष्ट्रियसभामा पेस


काठमाडौं – नेकपा (एमाले) की राष्ट्रियसभा सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोध स्वरूप खर्च कटौतीको प्रस्ताव राखेको छु । लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु । बजेट सन्तुलित र न्यायोचित छैन,’ उहाँले भन्नुभयो ।