अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई लालबाबुको प्रश्न – प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने सांसद हराए कि संसद्मै छन् ?

सभामुखलाई लालबाबुको प्रश्न – प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने सांसद हराए कि संसद्मै छन् ?


काठमाडौं – एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्मै छन् भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा पण्डितले महाभियोग सिफारिस अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गर्नुभएको हो । उहाँ प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत हुनुहुन्छ । ‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ?,’ उहाँले भन्नुभयो, ‘उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्नको निम्ती तयार हुनुहुन्न, के भएको हो ?’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।