अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबारे विदाले इन्धन खपत ११ प्रतिशतले घट्यो :आयल निगम

आइतबारे विदाले इन्धन खपत ११ प्रतिशतले घट्यो :आयल निगम


काठमाडौ- नेपाल आयल निगमले जेठ महिनामा सरकारले गरेको आइतबारे विदाले इन्धनको खपतमा ११ प्रतिशतले कटौती भएको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बैशाखमा भन्दा जेठमा इन्धनको खपत ११ प्रतिशतले घटेको जानकारी दिनुभयो । निगमले आज पत्रकार सम्मेलन गरेर जनाए अनुसार चैतमा पेट्रोलको खपत ६३ हजार किलोलिटर भएकोमा बैशाखमा ६७ हजार पुगेको थियो । तर जेठमा आइतबार दिन दिन थालेपछि ५९ हजार किलोलिटरमा झरेको थानीले जानकारी दिनुभयो ।
सरकारले जेठ महिनाभरी शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिएको थियो । तर आइतबारे विदाको धेरै आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो ।