काठमाडौं- नेकपा समाजवादीका पत्रकारहरुको दाबीलाई वेवास्ता गर्दै सरकारले राससमा रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा नेपाली काँग्रेस निकट पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । झा नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ । समाजवादी प्रेस संगठनको नेतृत्वमा रहेका र सो पार्टीको प्रचार विभागमा रहेका केही पत्रकारहरु राससको अध्यक्ष हुन दौडधुपमा थिए । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माधव नेपाललाई राससको अध्यक्ष पद नेकपा एसलाई नै दिने भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा नमानेपछि झालाई त्यहाँ नियुक्त गरिएको हो ।
झाको नियुक्तीप्रति समाजवादी पत्रकार संगठनका नेताहरुले तिव्र असन्तुष्टी जनाएका छन् ।







प्रतिक्रिया