काठमाडौं – रवि लामिछानेले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आशीर्वाद लिनुभएको छ । सञ्चारकर्मीबाट राजनीतिकर्मीका रूपमा रुपान्तरण हुने तयारीमा रहनुभएका लामिछानेले बिहान पशुपति दर्शन गरेर आशिर्वाद लिनुभएको हो ।
उहाँले मंगलबार दिउँसो नै काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा एउटा कार्यक्रममार्फत आफू सक्रियतापूर्वक राजनीतिमा प्रवेश गरेको घोषणा गर्ने तयारी गर्दै हुनुहुन्छ । कार्यक्रममा सहभागिता जनाउनुअघि उहाँ बिहान पशुपतिनाथ जानुभएको हो ।
लामिछानेकी धर्मपत्नी निकिता पौडेल लामिछानेले रवि लामिछानेका रुद्राक्षको मालासहितका दुई तस्बिर फेसबुकमा शेयर गर्दै लेख्नुभएको छ, – ‘तपाईंको नयाँ यात्राका लागि भगवान पशुपतिनाथले सबै शक्ति र खुशीका लागि आशीर्वाद दिउन् । मेरो साथ, हेरचाह र माया सधैं तपाईँको साथमा छ ।’
निकिताले यो भनाइसंगै संस्कृतिको एउटा श्लोक पनि शेयर गर्नुभएको छ, जसमा भनिएको छः ‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान्मृ त्योर्मुक्षीय मामृतात्, ॐ नमः शिवाय, ॐ नमः शिवाय, ॐ नमः शिवाय’
प्रतिक्रिया