जुम्ला – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताउनुभएको हो ।
पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताउनुभयो ।
नेता चन्दले राष्ट्रिय परिस्थितिबारे बोल्दै अहिले राष्ट्रिय स्वाधिनता जोखिममा रहेको बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उहाँले अपिल समेत गर्नुभयो ।
प्रतिक्रिया