झापा – झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उद्यमी सदस्यले पालेका ३ हजार पशुको पशुधन बीमा गराएको छ। चालू आर्थिक वर्षको जेठ महिनासम्म करिब ६ करोड रुपैयाँ हाराहारीको बीमा गरिएको हो ।
संस्थाले प्रदेश १ को झापा–इलामदेखि उदयपुरसम्मको चुरे क्षेत्रमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत एग्री विजनेश युनिटका प्रमुख डा कमलेश्वर भाटले सहारा नेपाल साकोस आगामी आर्थिक वर्षसम्ममा १० हजार उद्यमी सदस्य बनाउन अग्रसर रहेकाले कृषि तथा पशुपालनमा लगानी तथा सेवामा वृद्धि गरिरहेको बताउनुभयो ।
डाक्टर भाटका अनुसार जेठ महिनामा मात्र कार्यक्षेत्रका ९ स्थानमा बाख्रा तथा बंगुरपालन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तालिममा बाख्रा तथा बंगुरको खोर व्यवस्थापन, दाना तयारी, रोग लागेमा गरिने प्राथमिक उपचार विधिहरु समेटिएको तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा ३२० जना किसानहरु सहभागी भएर प्रयोगात्मक तालिम लिएका डा भाटले बताउनुभयो ।
उक्त तालिममा करिब ७ लाख रुपैयाँ बराबरका पशु चौपायालाई खुवाउने औषधि पनि निशुल्क वितरण गरिएको थियो । पशु चौपायाका लागि भिटामिन, नाम्ले र जुकाको दबाई, खनिज मिश्रण, लिभर टनिक, सर्पोफोरल, गोल्ड आदि औषधीहरु वितरण गरिएको डा. भाटले बताउनुभयो ।
प्रतिक्रिया