अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यमन्त्री वली प्रकरण : छानबिन समिति घटनास्थल पुग्यो

राज्यमन्त्री वली प्रकरण : छानबिन समिति घटनास्थल पुग्यो


बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारी तुलसीपुर पुगेका छन् । एक महिला र उहाँकी नाबालक छोरीलाई घरभित्र प्रवेश गरी कुटपिट गरेपछि वली विवादमा मुछिनुभएको छ ।

राज्यमन्त्री वलीले गएको जेठ ३१ गते बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी नाबालक छोरीमाथि घरभित्र पसेर कुटपिट गरेको आरोप छ । उक्त घटना अध्ययनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मासहितको टोली हिजो बेलुका तुलसीपुर पुगेको हो ।

लुम्बिनी मन्त्रिपरिषद्को असार १ गतेको बैठकबाट राज्यमन्त्री वलीमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य हुनुहुन्छ ।

घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा वलीलाई बुटवल ल्याइएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै सोही दिन मध्यराति उहाँ लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

आफू र छोरीमाथि कुटपिट गरिएको भन्दै मीनाले इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । घरभित्र पसेर कुटपिट गरिएको तथा दराज फोडेर लत्ताकपडा फालेको र च्यातेको भन्दै मीनाले राज्यमन्त्री वलीमाथि कारबाहीको माग गर्नुभएको छ ।