काठमाडौ -इच्छाराज तामाङ लाई धरौटीमा रिहा गर्ने विषयमा न्यायधिससँग गरेको अडियो बाहिरिएर विवादमा आएका अधिवक्ता रुद्र पोखे्रेलले अडियो छानविनको माग गर्नुभएको छ ।
पोखरेलले काठमाडौ जिल्लाका न्यायधिस राजकुमार कोइरालासँग तामाङलाई छुटाउन २ करोड रुपैंयामा डिल गरेको अडियो बाहिरिएको थियो । तर पोखरेलले उक्त अडियो आफ्नो नभएकोले त्यसको स्वतन्त्र छानविनको माग गर्नुभएको छ ।
फेसबुकमा लेख्दै पोखरेलले नेपाल बार एसोसिएसन लगायतका संस्थाबाट स्वनिलम्बनको घोषणा गरेका छन् ।







प्रतिक्रिया