भक्तपुर- नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।
पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्नमा निधन भएको भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिनुभयो।
रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। सुवेग र सुवानगरी उहाँका दुई छोरा छन्।
लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत रहेकी प्रधानको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।








प्रतिक्रिया