अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी सदस्य कार्कीको घरमा विस्फोटक जस्तो शंकास्पद वश्तु फेला

एमाले स्थायी कमिटी सदस्य कार्कीको घरमा विस्फोटक जस्तो शंकास्पद वश्तु फेला


झापा -नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीको गौरादह स्थित घर अगाडी शंकास्पद वश्तु फेला परेको छ । कार्कीको घरको गेट अगाडी कुकरमा तार जोडेर छोडिएको छ । स्थानीयबासीले कुकर बम भने पनि बम हो कि होइन भन्ने कुराको पुष्टी भइनसकेको कार्कीले बताउनुभयो ।
विहान साढे ५ बजेतिर उक्त वश्तु देखिएको कार्कीले बताउनुभयो ।
शंकास्पद वश्तु के हो भनेर पहिचान गर्न र निष्तेज पार्नका लागि नेपाली सेनाको टोली आउँदै गरेको कार्कीले जानकारी दिनुभयो । कार्कीका दाजु दिपक कार्की एमाले झापाका अध्यक्ष हुनुहुन्छ । उहाँहरु एउटै घरमा बस्नुहुुन्छ ।