भक्तपुर- भक्तपूरको सूर्यविनायक नगरपालिकाले लोकप्रिय कार्यक्रम सहित आगामी आर्थिक वर्षको नीति तथा बजेट सावर्जनिक गरेको छ ।
नगरउप्रमुख सरिता तिम्सिना भट्टराईले १अर्ब २२ करोड ३ लाख ५६ हजार रुपैंयाको बजेट सार्वजनिक गर्नुभएको छ ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा ‘हाम्रो सूर्यविनायक’ नामको पाठ्यक्रम लागु गर्ने भएको छ । यसैगरी जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिने भएको छ । जसका लागि ५ करोड रुपैंया बजेट बिनियोजन गरिएको भट्टराईले बताउनुभयो । भट्टराईले अर्को पनि थप लोकप्रिय कार्यक्रम घोषणा गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाले अब स्थायी बसोबास भएका सबै परिवारको स्वास्थ्य विमा गर्नका लागि प्रति परिवार १ हजार उपलब्ध गराउने भएको छ । परिवारले तिर्नुपर्ने प्रिमियर रकम मध्ये नगरपालिकाले १ हजार रुपैंया तिर्दिने भएको छ । भट्टराईका अनुसार यो रकम स्वेच्छिक हुनेछ । यो सहयोग आवश्यक नहुने परिवारले स्वघोषणा पनि गर्न सक्नेछन् ।
उद्यममीहरुलाई थप प्रोत्साहन गर्ने कार्यक्रम पनि नगरपालिकाले अघि सारेको छ । उत्पादनशिलता,उत्पादकत्व,रोजगारी,समृद्ध नगर निर्माणको आधार भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु अघि बढाइएको छ ।
नगरपालिकाले तरकारीमा आत्मनिर्भरताका लागि कौशी खेतीलाई व्यापक बनाउने योजना ल्याएको छ । जसका लागि घरनक्सा सम्पन्न प्रमाणपत्र लिएपछि हरेक घरधनीलाई कौशी खेतीका लागि एउटा एउटा बिन उपलब्ध गराईने भट्टराईले प्रष्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ ।
विपत व्यवस्थापन कोषमा गतवर्ष भन्दा दोब्बर रकम थपेर २ करोड पु¥याइएको छ । नागरिकलाई कर तिर्न प्रोत्साहन गर्न रमाइलो नारा अघि सारेको नगरपालिकाले । ‘हाम्रो कर,विकासको भर’ भन्ने नाराका साथ सबै नगरवासीलाई कर तिर्न प्रोत्साहित गर्ने र उक्त रकम विकासका काममा खर्च गरिने भट्टराईले सावर्जनिक गरेको नीति कार्यक्रम र बजेटमा उल्लेख छ ।
सूर्यविनायकको नीति कार्यक्रममा अरु के के छन् ? हेर्नुहोस ।
प्रतिक्रिया