दमक- शिवसताक्षीको नीति कार्यक्रममा कृषी,शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।
नगरकार्यपालिकाले कार्यलयमा दशौं नगर सभामा नगरप्रमुख मेघाहाङ थोप्राले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको लेनगरले आगामी बजेटमा कृषिलाई विशेष ध्यान दिएको पाएको छ ।
नगरको दुई स्थान शिवगञ्ज र झिलझिलेमा कृषि उपज संकलन, विक्री कक्षा तथा भण्डार केन्द्र निर्माण गरी सञ्चालनको लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
आमा र माटोको सुधार, भान्सा नै औषधालय अन्तरगत प्राङ्गारिक मलको प्रयोग, अग्र्यानिक खेतीलाई प्रोत्साहन र सहयोग गर्ने तथा बढी विषादी प्रयोग गर्नेलाई निरुसाहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विदेशबाट फर्किएका व्यक्तिहरु तथा बेरोजगार यूवाहरुलाई कृषि तथा पशु उद्यम प्रति प्रोत्साहन गर्न बैंक तथा सहकारी संस्थाहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
त्यस्तै सिंचित क्षेत्रको विस्तार गरी उत्पादन बृद्धि गर्ने उद्देश्यले साना सिचाई मोटर जडान कार्यक्रम सञ्चालन गरिने छ ।
त्यसैगरी शिक्षा क्षेत्रलाई पनि आगामी वर्षको लागि विशेष प्याकेजद्वारा विद्यालयको शैक्षिक सुधार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
गएको पाँच वर्षमा भन्दा केही फरक तरिकाले शिक्षाका लागि स्मार्ट विद्यालय कार्यक्रम लागु गर्दै वर्षेनी छनोट परेका विद्यालयहरुलाई शिक्षाको गुणस्तर र विद्यालयमा विद्यार्थीलाई पढ्ने वातावरणमा निर्माण गर्न शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
त्यसका लागि नगरले नीति तथा कार्यक्रममा नै समेटिएको उनको भनाई थियो । नगरका सबै विद्यालयहरुलाई एकरुपता दिदै एउटै कलरको रंगरोगन गर्ने, विद्यालय पूर्वाधारलाई बाल मैत्री बनाइने, शिक्षण सिकाई प्रकृयालाई सूचना तथा संचार प्रविधिको उच्चम प्रयोग र प्रभावकारिता लगायतका योजनाहरु नीति कार्यक्रममा समेटिएको छ ।
नगरभित्रको स्वास्थ्य क्षेत्रको सुधार गर्दे नगरबासीका लागि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पतालनिर्माण कार्यलाई निरन्तरता दिई आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्नगरी सञ्चालनमा नीति कार्यक्रममा उल्लेख छ ।
दीर्घ रोगबाट पीडित भएका नगरबासीका लागि क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई उपचारमा सहयोग मासिक ५ हजारका दरले उपलब्ध गराउने, सबै बालबालिकाको लागि खोपको सुनिश्चितता भई नगरलाई पूर्ण खोप सुचिश्चितताको रुपमा घोषणा गरिने नीति कार्यक्रममा बताइएको छ ।
प्रतिक्रिया