२०४९ सालमा बागबजार स्थित एमाले पार्टी मुख्यालयमा प्राविधिक शिक्षालय खोल्ने बिषयमा मदन भण्डारी र मैले लामो छलफल ग¥यौं । छलफलमा ज्ञान विज्ञान प्रविधी प्रतिष्ठान स्थापना गर्ने निर्णय भयो । त्यसले मूर्त रुप नपाउँदै भण्डारीको निधन भएपछि त्यसलाई मदन स्मृति प्रतिष्ठानमा रुपान्तरण ग¥यौं ।
हजारौं बर्षदेखि स्वतन्त्र अस्तित्व र राष्ट्रिय अक्षुणतालाई कायम राख्दै आएको हिमाली अधिराज्य नेपाल पृथ्वीनारायण शाहबाट एकीकरण भएयता मानवीय सचेतता तथा विकासको मार्गमा लाग्न पाउँदा नपाउँदै राणाकालीन जंजिरबाट १०४ बर्षसम्म जकडिन पुग्यो ।
त्यसताका यहाँ मानवीय विकास र समृद्धिका लागि कुनै ठोस कार्य हुन सकेन । जहानियाँ संयन्त्रको जालोले नेपाली जनतालाई देश विकासको बाटोमा कहिल्यै अग्रसरित हुन दिएन र नेपाली जनताले राणाकाल विरुद्ध आन्दोलन गर्न शुरु गरे । यस आन्दोलनमा थुप्रै वीर योद्धाहरुले सहादत प्राप्त गरे र २००७ सालमा राणाहरुको पञ्जाबाट देशलाई मुक्त गर्न सफल भए । त्यसैताका भारतको स्वतन्त्रता आन्दोलन र चीनको नौलो जनवादी आन्दोलनको प्रभाव पनि नेपाली जनतामा पर्दै आयोे । विकासोन्मुख नेपाली जनताको आकाङ्क्षालाई राणाकाल पछि आएको नेपाली काँग्रेसको सरकारले बुझ्न सकेन ।
आफू भित्रकै अन्तरकलह र स्वार्थपूर्ण राजनीतिक घटना परिघटनाबाट देश झन् जर–जर बन्दै गयो । राणाकालको भन्दा देशले कुनै विशिष्ट गति लिन सकेन । कुनैपनि स्वार्थ रहित जनआकाङ्क्षा पूर्ण हुन सकेन र आफ्नै कमजोरीका कारण प्राप्त भएको बहुदलीय व्यवस्था नेपाली काँग्रेसको हातबाट खोसियो र निर्दलीय पञ्चायती व्यवस्थाको शुरुवात भयो । यो व्यवस्था ३० बर्षसम्म चल्यो पञ्चायती शासन कालमा नेपाली जनताले कुनैपनि क्षेत्रमा स्वतन्त्रताको सास फेर्न अवसर पाएनन् । सदा परावलम्बी भएर बाँच्नु प¥यो । मानवीय संसाधन र जनचेतनामा अभिवृद्धि हुन सकेन । मुलुकका लागि आवश्यकपर्ने प्राविधिक जीवनोपयोगी रोजगारमूलक र जनवादी शिक्षाको अवधारणा कहीं कतैबाट उठाइएन । यस कालमा पनि मुलुकको स्वतन्त्रता र जनताको मुक्तिको लागि थुप्रै योद्धाहरुले वीर गति प्राप्त गरे ।
२०४९ सालमा महासचिव मदनकुमार भण्डारी पूर्वाञ्चल भ्रमणमा आएको बेला नेपाली राजनीतिमा प्रभावपूर्ण वैचारिक धरातल जनताको बहुदलीय जनवादलाई सदा युग सापेक्ष जीवन्त व्यवहारिक र प्रभावपूर्ण बनाई राख्न प्रगतिशील जनवादी शिक्षा प्रदान गर्ने हेतुले एउटा “ज्ञान–विज्ञान र प्रविधि प्रतिष्ठान” का नामले संस्था सञ्चालन गर्ने निर्णय गरियो ।
एकतन्त्री पञ्चायती शासनबाट मुलुकलाई मुक्त गराई बहुदलीय प्रजातन्त्रको स्थापना गर्न चाहने प्रजातन्त्र र स्वतन्त्रताप्रेमी नेपाली जनताले उठाएको मुक्ति आन्दोलनलाई धेरै पटक पञ्चायती शासकहरुले दबाए तर विचार दबेन, विचार मरेन, विचार थुनिएन बरु भान प्रखर बन्दै गयो र २०४६ सालको जनआन्दोलनबाट ३० बर्षे पञ्चायती कालो रात धराशायी बन्न पुग्यो । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो । नयाँ संविधानको निर्माण भयो । यसबाट नेपाली जनताका आकाङ्क्षाहरु ऊध्र्वगामी भएर गगनचुम्बी हुन पुगे ।
आफ्नै पाखुराले देशमा आमूल परिवर्तन गर्न चाहने नेपाली मन त्यसैत्यसै प्रफुल्लित भएर आयो तर दूरदृष्टि, पक्का इरादा, लगनशील र इमान्दारिता नभएका तालिम अप्राप्त शासकहरु बोतल मात्र फेरेर पुरानै मादकता बोकी पुनः सत्तासीन हुन पुगे । मुलुकको भविष्य निर्माणको काम पुन अपरिपक्व नेतृत्वको हातमा पुग्यो । अन्तरिम सरकारपछि बनेको नेपाली कांग्रेसको सरकारले मुलुकलाई पुनः बरवादीतर्फ उत्मुख गराउन थाल्यो । यतिबेला मुलुकमा दक्ष शासक, दक्ष प्रशासक, दक्ष, प्राविधिक, दक्ष कामदार सबै कुराको अभाव खड्किए झैं लाग्यो । मुलुकलाई आफ्नै खुट्टामा उभ्याएर बाँच्न सक्ने बनाउन जनवादी प्राविधिक शिक्षाको अभाव महशुस गरियो ।
मदन स्ृमति प्रतिष्ठान २०५० साल पौष १८ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता गरी गैह्र सरकारी सामाजिक संस्थाका रुपमा प्रतिष्ठानको विधिवत स्थापना गरिएको हो ।
प्राविधिक शिक्षालय खोल्न बागबजारमा मदन भण्डारीसँगको त्यो छलफल
यस सम्बन्धमा जनताका प्रियनेता प्रखर विचारका धनी नविन युग चेतना र माक्र्सवादी दर्शनका प्रवुद्ध विश्लेषक प्रखर वक्ता आदरणीय दाइ मदनकुमार भण्डारीसँग पार्टी कार्यालय बागबजारमा घनिभूत छलफल गरियो । कोरा शिक्षा प्रणालीबाट देश उठ्न सक्तैन भन्ने निष्कर्ष निकालियो । उद्योग, व्यापार, कृषि, जलस्रोत जस्ता विषयमा नेपाली प्राविधिकको पकड कम भएको देखियो । गरिवीको रेखामुनी रहेका नेपाली जनताहरु कुनैपनि काम गर्ने सीप र दक्षताको अभावमा स्वदेशी तथा विदेशी रोजगारबाट विमुख भएको पाइयो ।
दाह्रीकपाल काट्ने, इँटा बनाउने, काठको काम गर्नेदेखि लिएर उद्योग, जलस्रोत, पर्यटन, कृषि एवं अन्य प्राविधिक क्षेत्र र अति विशिष्ट पदमा पदासीन भएका व्यक्तिहरुको सर्वेक्षण गर्दा प्रायः विदेशी पाइए । यस्तो संवेदनशील विषयतर्फ तत्कालीन सरकार उदासीन रहेको र मुलुकको सपना निरर्थक बनाउने दिशातर्फ उन्मुख हुन थालेझै लाग्यो । प्रतिपक्षको विचारलार्ई कुनैपनि पक्षबाट सम्मान गरिएन । समाजमा एकअर्काबीच वैरभाव, दलगत, द्वन्द्व, फुट, विश्रृङ्खलता आदि जस्ता नकारात्मक विकृतिहरु देखिन थाले । शिक्षित, अल्पशिक्षित या अशिक्षित नेपाली वेरोजगार युवाहरुको संख्या दिनानुदिन बढ्दै थियो ।
यस्तो अवस्थामा केही हदसम्म भएपनि नेपाली स्वरोजगार युवाहरुको जनशक्ति तयार गर्न, विकृतितर्फ उन्मुख हुन लागेको नेपाली समाजको अवस्थालाई न्यूनीकरण गर्न, ज्ञान–विज्ञान र प्रविधिको विकास गरी मुलुकमा आवश्यक उद्योगधन्दा, व्यापार, कृषि, जलस्रोत, पर्यटन आदि जस्ता विषयलाई समय सापेक्ष तथा युगानुकूल बनाई रुपान्तरित गर्न, नेपाली कला र संस्कृतिको समुन्नत विकास गरी संरक्षण गर्न, सबल बौद्धिक जनशक्ति निर्माण गरी सामाजिक सुव्यवस्था कायम गर्न राष्ट्र«ोन्नतिका लागि नयाँ पिँढीलाई आधुनिक प्रगतिशील उच्चकोटिको गुणात्मक शिक्षा प्रदान गर्न, शुद्ध प्रगतिशील सामाजिक चेतनाको विकास गर्न, विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च शिक्षा प्रदान गरी राष्ट्र«का लागि भावी प्राविधिक जनशक्ति तयार गर्न, कलाका विविध शाखालाई समयसापेक्ष युगबोधक एवं समस्त जीवन दर्शनलाई समेट्ने गरी प्रगतिशील जनवादी शैलीमा रुपान्तरित गर्न, जनवाद र जनवादी शिक्षाको अवधारणा अनुसार जनप्रशासन, दर्शन, कला एवं ज्ञान–विज्ञान तथा प्रविधिका क्षेत्रमा विकास गर्दै जान र समृद्धि तथा सुसभ्यतातर्फ नेपाली समाजलाई उन्मुख गराउने सम्बन्धमा नेकपा एमालेका महासचिव केन्द्रीय नेताहरु जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरुका बीच अनेक पटक विचार, विमर्श र छलफल गरियो ।
ज्ञान विज्ञान प्रविधी प्रतिष्ठान : चीनसँग सहयोग माग्ने प्रस्ताव अधुरै
२०४९ सालमा महासचिव मदनकुमार भण्डारी पूर्वाञ्चल भ्रमणमा आएको बेला नेपाली राजनीतिमा प्रभावपूर्ण वैचारिक धरातल जनताको बहुदलीय जनवादलाई सदा युग सापेक्ष जीवन्त व्यवहारिक र प्रभावपूर्ण बनाई राख्न प्रगतिशील जनवादी शिक्षा प्रदान गर्ने हेतुले एउटा “ज्ञान–विज्ञान र प्रविधि प्रतिष्ठान” का नामले संस्था सञ्चालन गर्ने निर्णय गरियो ।
त्यसको प्रस्तावनागत स्वरुप तयार गर्न मलाई जिम्मा लगाइयो । ज्ञान–विज्ञान तथा प्रविधि प्रतिष्ठानको रुप तथा योजना प्रस्ताव तयार गरी चीनको मैत्रीपूर्ण भ्रमणमा महासचिव जाँदा लैजाने र मित्रराष्ट्र« चीनसँग सहयोगका लागि अनुरोध गर्ने सल्लाह भएअनुसार योजना प्रस्ताव तयार गरियो तर सो योजना प्रस्ताव महासचिव मदनकुमार भण्डारी चीन जाँदा उपलब्ध गराउन चाहिँ सकिएन ।
….अनि ज्ञान विज्ञान प्रविधि प्रतिष्ठान मदन स्मृति प्रतिष्ठानमा रुपान्तरण भयो
त्यसपछि महासचिव भण्डारीसँग सजीव अवस्थामा यस विषयमा कुनै छलफल हुन सकेन । २०५० साल जेठ ३ गते दास ढुङ्गा दुर्घटनाबाट उहाँको देहावसान भयो । यस्तो प्रखर वक्ता, राजनेता तथा युगचेतनाको अवसानले सम्पूर्ण देश नै शोकमा डुब्यो । त्यसमा पनि ने.क.पा. एमालेका समर्थक, शुभचिन्तक तथा नेता कार्यकर्ताहरुमा ठूलो चोट लाग्यो ।
शोकलाई शक्तिमा रुपान्तरित गर्ने पार्टीको अवधारणा अनुसार सबै क्षेत्रबाट शक्ति सञ्चय तथा आर्जन गर्न थालियो । नेताका स्मृतिमा विभिन्न धर्मशाला, पार्टी, पौवा, बाटा, पुस्तकालय आदि निर्माण हुन थाले । त्यसै समयमा यस क्षेत्रका जनतामा पनि आफ्ना प्यारा नेताप्रतिको प्रेमपूर्ण भावना अभिमुख भएर आयो । त्यसैबेला त्यही प्रस्तावित ज्ञान–विज्ञान र प्रविधि प्रतिष्ठानलाई “मदन स्मृति प्रतिष्ठान, नेपाल” मा रुपान्तरित गरी सञ्चालन गर्न सहमति गरियो ।
२०५० साल साउन १० गते प्रस्तुत योजना प्रस्ताव माथि छलफल गर्न मेरै घर दमक–८ ताराबारीमा झापा तथा मोरङ जिल्ला कमिटीका साथीहरु, केन्द्रीय कमिटी सदस्यहरु, स्थानीय बुद्धिजीवी, शिक्षक, विद्यार्थी प्रतिनिधिहरु आदिको भेला बस्यो । सो भेलाले जननेताको स्मृतिमा संस्था सञ्चालन गर्न ठोस कार्य योजना तयार गर्ने र २०५० साउन २५ गते पुनः बस्ने र विचारको सम्प्रेषण जहाँबाट भएको हो त्यहींबाट ठोस कार्य योजना आउनुपर्ने सल्लाहका साथ ठोस कार्य योजना तयार गर्ने काम पुनः मलाई जिम्मा लगाएर टुंगियो ।
यसबीच प्रतिष्ठानको स्थापना गर्ने शिलशिलामा केन्द्रीय नेताहरु के.पी. शर्मा ओली, विद्यादेवी भण्डारी, भरतमोहन अधिकारी, बामदेव गौतम, माधव नेपाल, प्रदीप नेपाल, ईश्वर पोख्रेल, केशव बडाल, गुरु बराल, राधाकृष्ण मैनाली, सी.पी. मैनालीसँग विभिन्न चरणमा कुराकानी तथा छलफल गरियो । यसपछि २०५० साल साउन २५ गते खड्मान सिंह अधिकारीको घरमा यस क्षेत्रका तमाम कार्यकर्ताहरुको उपस्थितिमा एउटा भेलाको आयोजना गरियो । यस भेलादेखि औपचारिक रुपमा यस प्रतिष्ठानले निर्णय पुस्तिका राख्दै आएको छ । यस भेलाले विभिन्न व्यक्तिहरुसँग सरसल्लाह र परामर्श गरी योजनालाई मूर्तरुप दिन गोपालप्रसाद भण्डारीको संयोजकत्वमा इन्द्र बुढाथोकी, घनेन्द्र जिमी, प्रेमप्रसाद सापकोटा, कमल जंगली, गंगा डाँगी, ओमनाथ दवाडी, घनश्याम भण्डारी र मुक्तिनाथ बराल सदस्य रहनु भएको एउटा समिति गठन ग¥यो । सो समितिको पहिलो बैठक २०५० साल कार्तिक ६ गते तेजबहादुर थापाको घरमा यस क्षेत्रका तमाम कार्यकर्ताहरुका साथ बस्यो ।
भेलाले संस्थालाई प्राविधिक सीपमूलक तथा रोजगारमूलक प्रगतिशील जनवादी शिक्षा प्रदान गर्ने सामाजिक संस्थाको रुपमा स्थापना गर्ने निर्णय ग¥यो । यसपछि २०५० साल मंसिर १ गते यस समितिको अर्को बैठक बसी संस्था दर्ता गर्ने विधान बनाउने निर्णय ग¥यो र सो विधानको मस्यौदा गर्न अधिवक्ताहरु गणेशराज लुइँटेल र लक्ष्मीनारायण ढुङ्गेललाई लगाइयो । विधानको मस्यौदा तयार भएपछि मस्यौदा विधानमाथि छलफल गर्न झापाका विशिष्ट नेता तथा कार्यकर्ताहरु गोपालप्रसाद भण्डारीको घरमा भेला भई छलफल गरियो भने मोरङका नेता तथा कार्यकर्ताहरुलाई प्रस्तावित विधानमाथि छलफल गर्न सुमन प्याकुरेलको घर विराटनगरमा भेला गरियो र विधानलाई अन्तिम रुप प्रदान गरियो ।
विधान तयार भएपछि प्रतिष्ठानलाई वैधानिकता दिन २०५० साल पुष ३ गतेका दिन घनश्याम भण्डारीको घरमा बसेको भेलाबाट गोपालप्रसाद भण्डारीको अध्यक्षतामा ईन्द्रबहादुर बुढाथोकी, गोविन्दराज गौतम, लक्ष्मीनारायण ढुंगेल, घनश्याम भण्डारी, गुरुप्रसाद बराल, कमल जंगली आचार्य, हर्कमान तामाङ प्रेमचन्द्र सापकोटा, गोबर्धन शाक्य, मुक्तिनाथ बराल, गणेशराज लुईंटेल, घनेन्द्र जीमी, ओमनाथ दवाडी र गंगा डाँगी समेत रहेको एउटा १५ सदस्यीय तदर्थ समिति गठन गरियो ।
यस समितिले जननेताको नाममा संस्था सञ्चालन गर्न पार्टी केन्द्रीय कार्यालयको स्वीकृति पत्र चाहिने हुँदा स्वीकृति पत्र प्राप्त गरी मदन स्ृमति प्रतिष्ठान २०५० साल पौष १८ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता गरी गैह्र सरकारी सामाजिक संस्थाका रुपमा प्रतिष्ठानको विधिवत स्थापना गरिएको हो ।
अधिकारी परिवारले जब १ विगाहा १७ कठा जग्गा दिए
यसपछि २०५० साल पौष २७ गते बसेको कार्य समितिको बैठकबाट प्रतिष्ठानको सदस्यता वितरण गर्ने निर्णय गरियो । त्यसपछि तदारुकताका साथ सदस्यता वितरण शुरु गरियो । यस अवधिमा सबैखाले सदस्यता वितरण कार्य पूरा गरी २०५० साल फागुन ३ गतेदेखि उर्लाबारी बजारमा एउटा कोठा भाडामा लिएर प्रतिष्ठानको कार्यालय स्थापना गरियो । आवश्यक फर्निचर र अफिस सामानको व्यवस्था गरी प्रतिष्ठानमा कुनैपनि स्रोतबाट प्राप्त भएको वा हुने रकम जम्मा गर्न नेपाल बैंक लि. उर्लाबारीमा प्रतिष्ठानको नाममाा ४७०४ नम्बरको बचत खाता खोली रकम जम्मा गर्न शुरु गरियो । यस खातामा दाताहरुबाट उठेको सानो–ठूलो सबैखाले रकम जम्मा गर्न थालियो । यसै शिलशिलामा उर्लाबारी २ निवासी श्रीमती नरकुमारी अधिकारी, खड्गमान सिंह अधिकारी र ललित अधिकारीबाट प्रतिष्ठानलाई १–१७–० (एक विगाहा सत्र कठ्ठा) जग्गा निःशुल्क प्राप्त भयो । यस अमूल्य सहयोगले प्रतिष्ठानलाई जीवन्तता प्रदान गर्न ठूलो सहयोग मिल्यो ।
मिति २०५० फागुन १४ गते बसेको प्रतिष्ठानको कार्य समितिको बैठकले यस प्रतिष्ठानलाई जन समुदायसम्म पु¥याउने निर्णय गरी विभिन्न ठाउँमा प्रतिष्ठानको परिचयात्मक कार्यक्रम, भेला र गोष्ठीको आयोजना ग¥यो । यसै बैठकमा प्रतिष्ठानको भवन निर्माण गर्ने निर्णय पनि गरियो । भवनको शिलान्यास गर्न व्यापक जनसहभागिता जुटाई संस्थाको विकास गर्ने हेतुले २०५१ साल जेष्ठ ३ गते जननेता मदनकुमार भण्डारीको बार्षिक पुण्यतिथिको अवसर पारेर शिलान्यास कार्यक्रमको आयोजना गरियो । सोही अनुसार ने.क.पा. एमालेका अध्यक्ष मनमोहन अधिकारीबाट एक भव्य समारोहबीच यस प्रतिष्ठानको शुभारम्भ गरियो र सोही समारोहमा प्रतिष्ठानको परिचय पुस्तिका पनि वितरण गरियो । यो प्रतिष्ठानको परिचय पुस्तिा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट उपलब्ध गराइएको थियो ।
प्रतिष्ठानले जनविश्वास प्राप्त गर्ने, कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेपछि २०५१।१।१४ गते बसेको कार्यकारिणी समितिको बैठकले सी.एम.ए. र मेकानिकल टेक्नेसियन तहका कक्षाहरु सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी आगामी बैठकमा पेश गर्ने गरी २ वटा अध्ययन समिति गठन ग¥यो र सो समितिले मिति २०५१।२।२८ गतेको कार्यकारिणी समितिको बैठकमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत ग¥यो ।
उक्त प्रतिवेदन माथि मिति २०५१।३।१० गते बसेको कार्य समितिको बैठकमा छलफल गर्दा सी.एम.ए. कक्षा र सीपमूलक तालिमतर्फ सेरामिड, बाँस, वेत, मूर्तिकला, तालिम सञ्चालन गर्न आवश्यक तयारी गर्ने निर्णय ग¥यो । सोही बैठकले आर्थिक संकलन गर्ने निर्णय गरी झापा मोरङका विभिन्न बजार क्षेत्रमा आर्थिक संकलन गर्न ७ वटा आर्थिक संकलन टोली गठन गर्ने निर्णय ग¥यो । ती टोलीहरुमध्ये धुलाबारीमा खटिएको टोलीले ७ दिन धुलाबारी बजारमा र दमक बजारमा खटिएको टोलीले २ दिन दमक बजारमा आर्थिक संकलन ग¥यो । धुलाबारीको टोलीमा रहेर आर्थिक सहयोग जुटाउने सन्दर्भमा विष्णु प्रसाईंको अविश्मरणीय भूमिका रहेको छ ।
प्रतिष्ठानद्वारा सी.एम.ए. र अन्य ३ वटा सीपमूलक शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेकोमा मिति २०५१।५।४ गते बसेको कार्य समितिको बैठकले सी.एम.ए. कार्यक्रम मात्र सञ्चालनका लागि स्वीकृत लिन आवश्यक कारवाही शुरु गर्ने निर्णय ग¥यो । सोही अनुसार कारवाही अघि बढाइयो तर मन्त्रालयबाट सी.एम.ए कक्षा सञ्चालनका लागि स्वीकृति दिन श्री ५ को सरकारको नीति नभएको भन्ने भेदवाभपूर्ण निर्णय लिई कारवाही फायल बन्द गरिएको हुँदा तुरुन्तै स्वीकृति प्राप्त गर्न सकिएन र २०५१ साल मंसिरमा ने.क.पा. एमालेको सरकार बनेपछि सो फायललाई पुनः अघि बढाई २०५१ साल चैत्र महिनामा सी.एम.ए. कक्षा सञ्चालनका लागि स्वीकृति प्राप्त गरी २०५२ साल जेष्ठ ३ गते जननेता मदनकुमार भण्डारीको दोस्रो बार्षिक पुण्यतिथिका अवसरमा तत्कालीन शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्री मोदनाथ प्रश्रितज्यूबाट सी.एम.ए. कक्षाको समुद्घाटन भई कक्षा सञ्चालन गरियो ।
साथै २०५१ साल माघ महिनादेखि २०५२ आषाढ १६ गतेसम्म सेरामिक तालिम र एक महिना अर्नामेण्ट तालिम सञ्चालन गरियो । यी तालिमहरुमा सेरामिकतर्फ १८ जना र अर्नामेण्टतर्फ १४ जना महिलाहरु तालिममा सहभागी भई सीप प्राप्त गर्न सफल भए । निर्णय गरिएका अन्य २ वटा तालिम कार्यक्रम भने आर्थिक स्रोत र दक्ष जनशक्तिको व्यवस्था हुन नसकेको हुँदा सञ्चालन गर्न सकिएन ।
यस प्रतिष्ठानको विभिन्न दातृ संस्थाहरुसँग सम्बन्ध विस्तार गरी सहयोग प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले २०५१ माघ ६ गते बसेको कार्य समितिको बैठकले काठमाण्डौ समन्वय समिति गठन गर्ने निर्णय ग¥यो र सोही अनुरुप कार्यकारिणी समितिका सदस्य गुरुप्रसाद बरालको संयोजकत्वमा ९ सदस्यीय काठमाण्डौ समन्वय समिति गठन गरियो । २०५१ साल चैत्र ११ गतेदेखि सी.एम.ए. भर्नाका लागि आवेदन माग गरिएको हुँदा यसको कक्षा तुरुन्तै सञ्चालन गर्नुपर्ने भएकोले २०५१ साल चैत्र १६ गते बसेको कार्य समितिको बैठकले २०५१।०५२ सत्रमा सी.एम.ए. अध्ययन गर्ने विद्यार्थीहरुका लागि शुल्क निर्धारण, प्रशिक्षक तथा कर्मचारीहरुको नियुक्ति, कार्यालय सामाग्रीको खरीद गर्ने आदि सम्बन्धमा छलफल गरी निर्णय ग¥यो ।
प्रतिष्ठानको बेलिबिस्तार…..
प्रतिष्ठानलाई कार्यक्रम सञ्चालन गर्नको लागि भवन र जग्गाको अति आवश्यक भएकोले श्री ५ को सरकारसँग भवन निर्माणका लागि जग्गा र ५० वटा भूकम्प ब्लक उपलब्ध गरी पाउन निवेदन गरिएकोमा तत्काल स्टोक रहेको भूकम्प ब्लकहरुलाई दृष्टिगत गर्दा १० वटा ब्लकहरु उपलब्ध गराई बाँकी क्रमशः उपलब्ध गराउने भन्ने आवासका साथ तत्कालीन भौतिक योजना राज्यमन्त्री माननीय प्रेमसिंह धामीज्यूबाट तोकआदेश भई १० वटा ब्लक सोही महिनामा प्राप्त भयो ।
२०५२ जेष्ठ महिनादेखि भवन निर्माण कार्य शुरु गरी २०५२ साल भाद्र महिनासम्ममा दमक–८ ताराबारीमा २२÷१५ का २÷२ कोठाका ४ वटा ब्लकहरुको निर्माण कार्य पूरा गरियो । २०५२ आश्विन १ गतेदेखि सी.एम.ए. को पठन–पाठन प्रतिष्ठानको आफ्नै भवनमा सञ्चालन गर्न शुरु गरियो । कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र कार्यालयका लागि आवश्यक फर्निचरहरु खरीद गरियो । यसबीच २०५२ मा श्री ५ को सरकारबाट उर्लाबारी–६, मंगलबारे हालको उर्लाबारी ३ मा प्रतिष्ठाको भोगाधिकार रहने गरी ४.४ हेक्टर जग्गा प्राप्त भयो भने २०५३ सालमा दमक–८ ताराबारी हाल दमक–४ मा ८ विगाहा जग्गा भोगाधिकार प्राप्त भयो । जग्गा उपलब्ध गराउने र सो जग्गामा ५० शैयाको अस्पताल निर्माण गर्न भारतीय दूताबासबाट सहयोग रकम उपलब्ध गराई दिने सन्दर्भमा के.पी. शर्मा ओलीज्यूको महत्वपूर्ण भूमिका रह्यो ।
प्रतिष्ठानले अन्य थप कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक ठानी २०५२ साल कार्तिक ४ गते बसेको कार्य समितिको बैठकले त्यसै बर्षदेखि अ.न.मी., सबओभरसियर र पशुविज्ञानतर्फ जे.टि.ए. का कक्षाहरु सञ्चालन गर्ने निर्णय गरी सोको लागि आवश्यक कार्वाही शुरु गरियो । जसअनुसार अ.न.मी र सबओभरसियरको पठन–पाठन शुरु भयो भने पशुविज्ञान जे.टि.ए. मा भर्नाका लागि आवेदन वितरण गरियो ।
प्रतिष्ठानले आफ्नो भवन तयार गरी २०५२ आश्विन १ गतेदेखि सी.एम.ए. कक्षालाई आफ्नै भवनमा सारी सञ्चालन गर्न शुरु गरियो । त्यस भवनको औपचारिक रुपमा समुद्घाटन गरिएको थिएन । भवन उद्घाटन कार्यक्रम व्यापक जनसमुदायको उपस्थितिमा एक भव्य समारोहका बीच गर्दा व्यापक जनसमुदायले प्रतिष्ठानबारेमा जानकारी प्राप्त गर्न सक्ने र त्यसबाट प्रतिष्ठानप्रति जनविश्वास बढ्न गई आर्थिक सहयोग जुटाउन अझ सजिलोपर्ने महशुस गरी २०५२ मंसिर २३ गते एक भव्य समारोहका बीच ने.क.पा. एमालेका महासचिव माधवकुमार नेपालबाट सी.एम.ए. भवन उदघाटन गराइयो ।
प्रतिष्ठानले यसै साल मात्र ६ वटा कार्यक्रमहरु थप सञ्चालन गर्न लागेको, भवनहरु अधुरा अवस्थामा नै रहेका, थप गरिएका कार्यक्रमहरुका लागि प्रयोशाला, पुस्तकालय, फर्निचर आदिको व्यवस्था गर्नुपर्ने भएको हुँदा कार्यकारिणी समितिको २०५२।१०।११ गते बसेको बैठकले आर्थिक सङ्कलनको नयाँ स्रोतको खोजी ग¥यो । जसअनुसार मोरङ र झापा जिल्ला विकास समिति र मोरङ र झापा जिल्लाका गा.वि.स.हरुसँग आर्थिक अनुदान सहयोगका लागि कार्यक्रमसाथ अनुरोध गरिएकोमा आ.व. २०५२।०५३ मा अवस्था अनुसार आर्थिक सहयोग प्राप्त भयो भने अन्य गा.वि.स.हरुबाट पनि आर्थिक सहयोग प्राप्त हुने आशा गरियो । यसरी जि.वि.स. तथा गा.वि.स.हरुबाट यस प्रतिष्ठानलाई नियमित आर्थिक अनुदान जुटाउनेतर्फ प्रयत्न हुन थाल्यो ।
पवित्र उद्देश्यका साथ स्थापना हुन पुगेको यस प्रतिष्ठानले छोटै समयमा अनेक शैक्षिक कार्यक्रमहरु सीपमूलक तालिम कार्यक्रमहरु, रोजगारमूलक औद्योगिक सीप सम्बन्धी कार्यक्रमहरु लिएर स्थापित हुन लाग्दा प्रगतिशील नेपाली जनताहरु प्रायशः खुशी देखिन्थे । जनताको बहुदलीय जनवाद र जनवादी शिक्षाको अवधारणा लिएर स्थापना गरिएको यो प्रतिष्ठानले आफ्नो जीवन यात्रामा अनेक आरोह¬–अवरोहहरुको सामना गर्नु प¥यो । यसैबीच अनेक प्रयत्न पछि २०५९ सालमा नर्सिङ्ग कक्षाको स्वीकृति प्राप्त गरी सञ्चालन गर्ने अवसर प्राप्त भयो ।
यसका लागि मेची अञ्चल अस्पताल भद्रपुरसँग प्रयोगात्मक कक्षा सञ्चालनको सहमति गरियो र सो कार्यक्रमको समुद्घाटन यस संस्थाकी सल्लाहकार एवं संरक्षक आदरणीय विद्यादेवी भण्डारीज्यूबाट सम्पन्न गरियो । यसपछि दोस्रो चरणमा हेल्थ असिष्टेन, एच.ए. शैक्षिक कार्यक्रम, कृषि भेटेनरी कार्यक्रम सिभिल ओभरसियर शैक्षिक कार्यक्रम र पोखरा विश्वविद्यालयको सम्बन्धनमा इञ्जिनियरिङतर्फ अनेक विषयमा स्नातक र स्नातकोत्तर तहसम्मका कक्षाहरु सञ्चालित हुँदै एउटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक थलोको रुपमा विकास र विस्तार हुँदै आएको छ । हिजोको अवस्था आज छैन, स्थापना कालको आवश्यकता र अभाव पनि आज छैन ।
आज यस संस्थामा करिव २०० को हाराहारीमा जनशक्ति परिचालित छन्् र सबैका पारिवारिक जीवन सञ्चालित गर्ने जिविकोपार्जनको मूल स्रोत बन्न सकेको छ । समयको चक्रले घुमाएको चेतना जहाँ पुग्यो त्यसैलाई लक्ष्य मान्न बाध्य हुँदोरहेछ । आज जे उपलब्ध भयो त्यसैलाई प्राप्ति ठान्दो रहेछ । त्यसैले राजनीति अल्मलिए झैं प्रतिष्ठानको लक्ष्य पनि फेरिएको छ । हामी जनताको बहुदलीय जनवादलाई जनताको मन, मस्तिष्क र घरदैलोसम्म पु¥याउने सत्य, सङ्कल्प बोकेर अविरल यात्रामा निस्केका मान्छे एक्काइसौं शताब्दीको अन्त्य हुन नपाउँदै दिग्भ्रमित विचार बोकेर मध्य सडकमा ठिङ्ग उभिएका छौं । आफ्नो लक्ष्यले गन्तव्य निर्धारण गर्नुपर्नेमा गन्तव्यले लक्ष्य निर्धारण गर्न थालेको आभाष हुन्छ ।
यो प्रतिष्ठान नेपाली जनताको सामाजिक, आर्थिक, राजनैतिक चैतन्य विकासको उत्प्रेरक बन्ने र जनवादी, जीवनपयोगी, शिक्षाको मूलथलो बन्ने र बनाउने कुरामा तत्कालीन समाज रुपान्तरणका दृष्टा युग परिवर्तनका सम्वाहक संस्थाका संस्थापकहरु विश्वस्त थिए । त्यसैले यस प्रतिष्ठानको पहिलो झुल्कोसँगै यसको दीर्घकालीन लक्ष्य निर्धारण गर्ने सम्बन्धमा यस प्रतिष्ठानलाई प्राविधिक विश्वविद्यालयमा स्तरोन्नति गरी मुलुकको जनवादी शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्य लिएको देखिन्छ ।
अनेक प्रयत्नका साथ रोपिएको यो कल्पवृक्षको विरुवा माली, मल र माटो, हावा, पानी र वातावरणको समुचित संयोग मिले हुर्कन समय लाग्दैन । ती मध्ये कुनै एकको असन्तुलित संयोगले विरुवा कठ्याङ्ग्रीन र मर्न पनि सक्छ । यस्तो स्थितिबाट संस्थालाई बचाई राख्न सबै सचेत हुनुपर्छ । आशा गरौं समयको उज्यालोसँगै यस प्रतिष्ठानले जनवादी शिक्षाको प्रकाशकुञ्जद्वारा मुलुकलाई अज्ञानता, पछ्यौटेपन र गरिवीको कु–चक्रबाट मुक्त गर्न सहयोग पु¥याउने छ र पु¥याओस् भन्ने हार्दिक शुभ–कामना छ ।
सन्दर्भ सामाग्री
– मदन स्मृति प्रतिष्ठान नेपाल स्मारिका अङ्क १, २०५३
– मदन स्मृति प्रतिष्ठान नेपाल स्मारिका अङ्क २, २०५८
– मदन भण्डारी स्मृति ग्रन्थ पहिलो भाग
– मदन भण्डारी स्मृति ग्रन्थ दोस्रो भाग
– मदन भण्डारी स्मृति प्रतिष्ठानसँग जोडिएका केही पुराना अभिलेखहरु
(दमक झापा निवासी भण्डारी प्रतिष्ठानका कल्पनाकार एवं संस्थापक अध्यक्ष हुनुहुन्छ)
प्रतिक्रिया