अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय धान दिवशका अवसरमा अध्यक्ष ओली भक्तपुरको रोपाईंमा सहभागी हुँदै

राष्ट्रिय धान दिवशका अवसरमा अध्यक्ष ओली भक्तपुरको रोपाईंमा सहभागी हुँदै


भक्तपुर- राष्ट्रिय धान दिवशका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रोपाईंमा सहभागी हुनुहुने भएको छ ।
अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा आज आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो ।
किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नुहुनेछ । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भन्नुभयो ।


अध्यक्ष ओलीले मेसिनबाट धान रोपेर कृषीलाई आधुनिकिकरण गर्ने सन्देश दिने दंगालले बताउनुभयो ।
उहाँका अनुसार १९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको छ । महासंघले धानमा जैविक बिबिधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको आयोजना गरेको छ ।