काठमाडौ -नेकपा एमालेले कानुनले अनुमति दिएको क्षेत्रको काम रोकिए सम्वन्धित व्यक्ति र संस्थालाई देशद्रोही र भ्रष्ट घोषणा गर्ने जनाएको छ । पार्टीका केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडले निजी क्षेत्रको काम रोकिएमा कुन–कुन कारणले रोकिएको हो भनेर उद्योगलाई जानकारी गराउनु पर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा दुगडले भन्न्भुयो, ‘नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन् । तर आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलमा उत्रिनुपर्यो ।’
अर्थमन्त्री र सरकारले नै बजेट गलत आएको स्वीकार्दै त्यसलाई सुधार गरेर अगाडि बढ्ने भने पनि त्यस्तो नभएको दुगडको भनाइ छ । ‘सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएको छ ।







प्रतिक्रिया