सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका वडा-११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।
उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गर्नु भएको हो ।
उद्घाटन समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाडौंको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।







प्रतिक्रिया