अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना


काठमाडौँ – नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हाउनु भएको छ ।

बैंकको यही १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गानालाई नियुक्त गरेको थियो।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो । उहाँले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए।