अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा निरन्तर भारी वर्षा,मेलम्चीमा बाढी आउन सक्ने

सिन्धुपाल्चोकमा निरन्तर भारी वर्षा,मेलम्चीमा बाढी आउन सक्ने


काठमाडौ -वर्षेनी बाढी र पहिरोले ठूलो संख्यामा धनजनको क्षती गर्ने सिन्धुपाल्चोकमा यसपाली पनि क्षतीको त्रास उस्तै छ । सिन्धुपाल्चोकका गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा गए राती देखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।
महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।