अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धान गर्न अध्यागमन कर्मचारी होइन,प्रहरी सक्षम छ : साँसद नवराज सिलवाल

प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धान गर्न अध्यागमन कर्मचारी होइन,प्रहरी सक्षम छ : साँसद नवराज सिलवाल


काठमाडौ- नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताउनुभएको छ ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हुन् । सिलवालले राष्ट्रको सुरक्षामाथि खेलबाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी सांसदले सहमति जनाउनु नहुने बताउनुभयो ।
सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभएको छ । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटाला त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प रहेको बताएका हुन् । सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नभएको सिलवालको भनाइ छ ।
उहाँले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्नुभयो । नेपाल प्रहरीलाई अनुसन्धानको अधिकारबाट हटाउने कुरामा आफ्नो विमति रहेको पूर्व डिआइजी समेत रहनुभएका सिलवालले बताउनुभयो ।