काठमाडौ- सुन तस्करीको नयाँ उपया खोज्दै दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ । सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाइ नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर ल्याइको पाइएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन रहेको पाइएको हो । लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ ।







प्रतिक्रिया