अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुम अब ‘ढाका राजधानी’

तेह्रथुम अब ‘ढाका राजधानी’


तेह्रथुम- ‘तेह्रथुमे ढाका’को रुपमा ख्याती कमाएको तेह्रथुम जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको छ ।
स्थानीय घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्धेश्यले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आज म्याङलुङ नगरपालिकामा आयोजित कार्यक्रममा ढाका राजधानी घोषणा गरेको उपप्रमुख जमुना सुवेदीले जानकारी दिनुभयो । तेह्रथुमलाई ढाका राजधानी घोषणा गर्न मन्त्रालयका सचिव अर्जुन पोखरेल सहितको टिम तेह्रथुम पुगेको थियो ।


‘अब तेह्रथुमे ढाकाले आफ्नै ट्रेडमार्क पाएको छ ’ सुवेदीले यो बेलासँग भन्नुभयो ‘अब अरुतिरका ढाका व्यावसायीले तेह्रथुम ढाका भनेर बेच्न पाइदैन ।’ तेह्रथुम ढाकाको माग अत्याधिक भएको त्यसमा पनि ढाका राजधानी घोषणा भएकोले अब उत्पादन बढाउनु पर्ने चुनौती रहेको उहाँको भनाइ छ ।
बजारको खाँचो नभएपछि हामी जिल्लैभरी घरेलु उद्योगको रुपमा सञ्चालन गर्न दिदीवहिनीहरुलाई अनुरोध गर्ने सुवदीले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएकी उपमेयर सुवेदीले तेह्रथुमे ढाकालाई प्रवद्र्धन गर्न एउटा यस्तो कविता पनि कार्यक्रममा सुनाउनु भएको थियो


घरघरमा तान
तेह्रथुमको पहिचान

दाजुभाइ छोरा बढिबा र काका
सबको शिरमा कत्ति सुहाको तेह्रथुमे ढाका

आमाछोरी दिदी बैनी सबको एकै बोली
वान पिस हैन घरमै बुनी लाउँछौँ गुन्यु चोली

लागि गुराँससँगै हाम्रो ढाका पहिचान
यसै गरी अघि बढोस् तेह्रथुमको सान