काठमाडौ – पेट्रोलियम खपतमा भारी कटौती नगरे गम्भिर संकट आउनसक्ने चेतावनी दिएको नेपाल आयल निगमले हिजो साँझ मूल्य वृद्धी गरेको छ ।
गएराती राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमले सूचना प्रकाशित गरी जनाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन ९आन्तरिक० तर्फ पाँच रुपैयाँ बढाएको हो। यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन आन्तरिक को १९० रुपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।





प्रतिक्रिया