धनगढी -उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाको विरोधकाबीच हिजो बहुमतले बजेट पारित भएको छ ।
आठौँ नगर सभाको तेस्रो बैठकमा रानाको निरन्तरको विरोधका बीच बहुमतले बजेट पास गरेको हो ।
नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी रूपमा बजेट ल्याएको भन्दै रानाले बिरोध गर्नुभएको हो ।
नगर प्रमुखले बजेट पारित भएको घोषणा गरिसक्दा पनि उपप्रमुखले यसमा आफ्नो सहमति नभएको र आफ्ना मागको सुनुवाइ नभएको बताउनुभएको छ । ।
आफू योजना तर्जुमा समितिको संयोजक भए पनि मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफूलाई जानकारी नगराई बजेट ल्याएको रानाको भनाइ छ ।
प्रतिक्रिया