अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिकुटेमा २६ वर्षीय युवती बलात्कारको अभियोगमा तीनजना पक्राउ

सिकुटेमा २६ वर्षीय युवती बलात्कारको अभियोगमा तीनजना पक्राउ


सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।
बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ ।

बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।