अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप अपडेट : ज्यान गुमाउनेको संख्या १२ गम्भिर घाइते तीनजनालाई काठमाडौं ल्याइयो

रामेछाप अपडेट : ज्यान गुमाउनेको संख्या १२ गम्भिर घाइते तीनजनालाई काठमाडौं ल्याइयो


काठमाडौ- रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो।
अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले जानकारी दिनुभयो।

३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।