अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर चलाउने विरुद्ध चलाइएन मुद्धा

मेयर चलाउने विरुद्ध चलाइएन मुद्धा


अछाम -अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने समेत मुछिएको विनोद शाहीको हत्याको मुद्धामा चलाउनेलाई मुद्धा नचलाइने भएको छ ।
सरकारी वकिलले चलाउनेको कुनै कसुर भएको प्रमाण नभेटिएकोले मुद्धा चलाउन नमिल्ने बताएको छ ।
घटना भएको समयमा मेयर चलाउने धनगढी भएकोले उहाँ विरुद्ध मुद्धा चल्न नमिल्ने सरकारी वकिलको भनाइ छ । चलाउनेसँगै अन्य दुईजना पनि घटना भएको समयमा त्यहाँ नभएको भन्दै मुद्धा चलाइएको छैन ।
जेठ १७ गते देखि वेपत्ता भएका १७ वर्षका शाही २१ गते मृत अवस्थामा फेला परेका थिए । काँग्रेसबाट मेयर जितेकी चलाउने सहित १३ जना विरुद्ध शाहीका आफन्तले किटानी जाहेरी दिएका छन् ।