काठमाडौ- हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति भएको छ। मर्जर समझदारी पत्रमा आज हस्ताक्षर हुने भएको हो।
हिमालयन र सिभिलबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो।
मंगलबार स्वाप रेसियोमा कुरा मिलेपछि मर्जर सम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर गर्ने तयारी गरिएको हिमालयन बैकले जनाएको छ । आज बैठक बसेर अन्य विषय समेत टुङ्गो लगाउने छ। त्यस पछि हस्ताक्षर कार्यक्रम हुने भएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सरकारले यही आर्थिक वर्षभित्र मर्जर प्रक्रियामा गएको खण्डमा थप नौवटा सुविधा आगामी १ वर्षसम्म प्रदान गर्ने उल्लेख गरेको थियो। जस कारणले पनि यी दुई बैक मर्जरमा सहमत भएका हुन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले २०७९ असार मसान्तभित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार संचालन गरे विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो।







प्रतिक्रिया