काठमाडौ -देशभर थप ११३ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।
पछिल्लो केहि दिनयता निरन्तर नेपालमा कोभिडका बिरामीको संख्या बढ्दै छन्। बढीमात्रामा अन्तर्राष्ट्रिय प्रवेश नाकाहरुबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा कोभिड परीक्षण गर्दा संक्रमण दरमा वृद्धि भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया