काठमाडौ- पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च भइरहेको अवस्थामा विकप्पको रुपमा आजबाट विद्यतुीय बसहरु सञ्चालन हुने भएका छन् । साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याउने भएको हो।
पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका बताइएको छ।
साझा यातायातले विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकलाई प्राथमिकता दिने भएको छ।
साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि अन्तराष्ट्रिय टेन्डर आह्वान गरेको थियो।
जसमा चिनियाँ कम्पनी सीएचटीसीका बस खरिद सम्झौता गरेको छ। त्यसमध्ये ३ वटा बस परिक्षणका लागि नेपाल आइसकेका छन्।





प्रतिक्रिया