काठमाडौ- नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्ने भनेर बोलाइएको बैठक मुख्य कार्यभार पुरा नगरी सकिएको छ ।
अध्यक्ष प्रचण्डले आफूसँग पदाधिकारीको नाम भए पनि कतिपय अन्तर्घातको आरोपमा मुछिएकाहरुसमेत रहेकाले केही दिनको समय मागेका हुन् ।
प्रचण्डले वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ निर्विकल्प रहेको बताउनुभयो ।
पार्टीका उच्च नेताहरु नै अन्तर्घातमा मुछिएकाले यसको छानबिन नहुञ्जेल पदाधिकारीको टुंगो नलगाउने प्रचण्डको भनाइ छ । माओवादीले अन्तर्घात छानबिनका लागि अनुशासन समितिलाई १५ दिन समय दिएको छ ।
प्रचण्डले आफूसित पदाधिकारीको लिस्ट गोजीमै भएको पनि दावी गर्नभएको थियो । तर, अहिले पढ्न नमिल्ने बताउनुभयो ।
आजको बैठकले पोलिटब्युरो र स्थायी कमिटी टुंगो लगाएपछि प्रचण्डले पदाधिकारीको पनि घोषणा गर्ने अनुमान थियो । तर, प्रचण्डले पदाधिकारीको लगभग टुंगो आफूले लगाइसकेको भए पनि अलिकति समय दिन आग्रह गर्नुभएको छ । ।





प्रतिक्रिया