अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खर्चको अभावमा दुबईका अस्पतालमा रहेका शव दुर्गा प्रसार्ईंले नेपाल ल्याएर आफन्तलाई जिम्मा लगाउने

खर्चको अभावमा दुबईका अस्पतालमा रहेका शव दुर्गा प्रसार्ईंले नेपाल ल्याएर आफन्तलाई जिम्मा लगाउने


काठमाडौ -साउदी अरबमा काम गर्न गएका कयौं नेपालीहरुको लास त्यहाँका विभिन्न अस्पतालहरुमा वेवारिसे अवस्थामा छन् । परिवारका सदस्यहरुले आर्थिक अभावले आफन्तको शब समेत ल्याउन नसकेको अवस्था विद्यमान नै छ । दैनिक १५ सय भन्दा बढीको संख्यामा बैदेशिक रोजगारीमा जानेको लर्कोमा बाकसमा फर्किनेहरुको संख्या पनि सानो छैन । साउदी अरवमा त्यस्ता दुखीहरु पनि छन् जो अस्पतालको मुर्दाघरमा बर्षौं देखि छन् । आफन्त वियोगको पिडा सहेर बसेका घरपरिवारका सदस्यहरुले अन्तिम संस्कार समेत गर्न नपाँउदा झन् वर्षौं देखि आशुको भेल बगाएर बस्न बाध्य छन् ।
यसरी खर्च अभावले गल्फका विभिन्न अस्पतालमा रहेका नेपालीका शबहरुलाई नेपाल ल्याउन पूर्वाञ्चल क्यान्स अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सहयोग गर्नुहुने भएको छ ।
हाल दुबई भ्रमणमा रहेका प्रसाईंले त्यहाँको सरकारसँग समन्वय गरेर अस्पतालका शब नेपाल पठाउने प्रवन्धका लागि प्रक्रिया सुसरु गरेको बताउनुभयो । उहाँका अनुसार कम्तीमा १६ वटा शब अस्पतालमा भएको आफूले जानकारी पाएको र ति सबै शबहरु आफन्तको जिम्मा लगाउन आवश्यक पर्ने रकम आफूले जोहो गरिदिने प्रसाईंले बताउनुभयो ।
दुबई सरकारसँग मेरो कुरा भएको छ । खर्चको अभावमा यहाँ अड्किएका शब मेरो खर्चमा आफन्तलाई जिम्मा लगाउछु । दुबईमा रहेका प्रसाईंले भन्नुभयो ।