काठमाडौ- आज पनि देशका धेरै भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान र बाँकी भूभागका एक ,दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
‘महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा तटीय क्षेत्र,पहिरो जाने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ ।





प्रतिक्रिया