अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनवलमा रहेको पाल्पा सिमेन्ट भारतमा निर्यात सुरु

सुनवलमा रहेको पाल्पा सिमेन्ट भारतमा निर्यात सुरु


सुनवल – पश्चिम नवलपरासीको सुनवलमा रहेकोे पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ । सुनवल नगरपालिकाका मेयर बिमला अर्यालले रिवन काटेर तीनवटा ट्रक भारततर्फ पठाउनु भएको छ ।

बजेटमार्फत सरकारले सिमेन्ट निर्याटमा ८ प्रतिशत अनुदान दिएपछि भारत तर्फ सिमेन्ट निकासि गर्न उद्योगिहरु उत्साहित भएका हुन् । उद्योगले उत्पादन गर्दे आएको तानसेन ब्रान्डको ३ हजार बोरा सिमेन्ट शुक्रबार पहिलो चरणमा बेलहिया भन्सार हुदै भारत तर्फ पठाईएको उद्योगका जनसम्पर्क प्रमुख जीवन निरौलाले जानकारी दिनुभयो ।

सबै प्रक्रिया पुरा गरी औपचारिक माध्यमबाट नेपालदेखि भारत तर्फ पहिलो पटक सिमेन्ट निर्यात सुरु भएको उद्योगले जनाएको छ । पाल्पाको माथागढीमा आफ्नै चुनढुंगा खानी रहेको उद्योगले दैनिक १८ सय टन क्लिङ्कर उत्पादन क्षमताको प्लाण्ट जडान गरेको छ भने दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । पाँच वर्ष अघि स्थापना भएको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले सिमेन्ट उत्पादन शुरु गरेको तीन वर्षमा नै उत्पादित सिमेन्ट भारत पठाउन सफल भएको हो ।

७ अर्ब ५० करोडको लगानीमा सुनवल नगरपालिकाको सिसयानी मा स्थापना भएको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले स्थापना काल देखी नै क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले बजार विस्तारको लागी भारतको सिएमएफ इन्टरप्राईजेजसंग सम्झौता गरी सिमेन्ट विक्रि सुरु गरेको उद्योगका कार्यकारी निर्देशक शेखर अग्रवालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सिमेन्ट निर्यातले आयातमुखि अर्थतन्त्र सुधारका लागी महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।