काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायम राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाउनु भएको छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाउनुभएको छ छन् भने कांग्रेसकी रीता शाहीले ९१९ मत छ ।
हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
ढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
पुनः मतदानमा ६६।८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभयो ।
प्रतिक्रिया