अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सार्वजनिक यातायातको भाडा बढाएपछि यात्रुहरु मारमा

सरकारले सार्वजनिक यातायातको भाडा बढाएपछि यात्रुहरु मारमा


काठमाडौ- सरकारले हिजो देखि सावर्जनिक यातायातमा भाडा बढाएपछि यात्रुहरु मारमा परेका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।