अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा चक्कु प्रहारबाट दुईजनाको मृत्यू

सुनसरीमा चक्कु प्रहारबाट दुईजनाको मृत्यू


विराटनगर- सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी–६ बस्ने १६ वर्षीय विवेक सदा ऋषिदेवको हत्या भएको हो ।
प्रहरीले दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई र ऋषिदेवको हत्या गरेको आरोपमा १७ वर्षीय निशान चौधरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालका अनुसार सोमबार राति बराहक्षेत्रको मुनाल चोकमा दर्जी र तामाङबीच भनाभन भएको थियो । रातको १२ बजे भएको घटनामा तामाङले दर्जीमाथि चक्कु प्रहार गरेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएको थियो । शरीरबाट अत्यधिक रगत बगेकाले उपचार गर्दागर्दै दर्जीको राति करिब साढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक टीका कार्कीले बताए ।
रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ बजे सुतिरहेका विवेक ऋषिदेवमाथि निशान चौधरीले पेटमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।