अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

र्यापर समेत रहेका काठमाडौका मेयर बालेनलाई अध्यक्ष ओलीद्वारा तबला उपहार

र्यापर समेत रहेका काठमाडौका मेयर बालेनलाई अध्यक्ष ओलीद्वारा तबला उपहार


काठमाडौं -आफूलाई भेट्न आएका काठमाडौं महानगरका मेयर बालेन साहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिनुभएको छ ।
हिजो साँझ अध्यक्ष ओलीसँग महानगरका विविध विषयमा कुरा गर्न साह बालकोट जानु भएको थियो । अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालिन महत्वका कामहरु,देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा कुरा गर्नु भएको थियो । यसका लागि एमालेको पूर्ण साथ चाहिने बालेनले बताउनुभएको थियो । बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैं साथ रहने र एमालेका जनप्रतिनिधीले सधैं साथ दिने बताउनुभएको थियो ।
र्यापर समेत रहेका बालेनलाई अध्यक्ष ओलीले तबला उपहार दिएर पठाउनुभएको थियो । अध्यक्ष ओली र साहबीच करिब एक घण्टा छलफल भएको थियो ।