अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले दोलखाको जीरीमा २८ घरपरिवार विस्थापित

पहिरोले दोलखाको जीरीमा २८ घरपरिवार विस्थापित


काठमाडौ- लगातारको अबिरल बर्षाका कारण गएको पहिरोका कारण जिरी नगरपालिकाका २८ घर परिवार बिस्थापित भएका छन ।
बुधवार परेको बर्षाका कारण जिरी नगरपालिकाका बिभिन्न स्थानमा २८ घरपरिवार बिस्थापित भएको मेयर मित्रबहादुर जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षाले मानेडाडा पुरानो हाटडाडा बजार, घुन्सा, कुथामे, तारेभीर, खरायोबन, सिक्रीलगायतका स्थानमा पहिरोको कारण तीपरिवार बिस्थापित भएका हुन ।

इलाका प्रहरी कायालय जिरीका प्रहरी निरीक्षक बिष्णु बस्नेतका अनुसार जिरी ६ स्थित मानेडाडा बजारका ८ घर, जिरी ३ कुथामे, तारेभीर र खरायोबनका १४ घर जिरी ४ कुनेमा २ घर बिस्थापित भएका छन । यस्तै जिरी ७ स्थित तल्लोसिक्रीमा ४ घर परिवार बिस्थापित भएका छन भने धेरै घर जोखिममा परेको छ ।