अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

आज राष्ट्रियसभा बैठकमा सो विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा अघि बढेकाले यस विषयलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने धारणा राख्नु भएको हो ।

गृहमन्त्री खाँणले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।  उहाँले विधेयकमा अपांगता भएका व्यक्तिहरुको बारेमा सांसदहरुले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गर्नु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘सामाजिक सुरक्षा राज्यको दायित्व हो । यसलाई व्यवस्थित गराउन र यसको जिम्मेवारी विस्तार गर्नु र नियमन गराउन पनि कानुनको मूल आशय हो । माननीयजीहरुले राख्नुभएको विचारको म हार्दिक सम्मान गर्दछु । यो सामाजिक सुरक्षा ऐनले आफ्नो जिम्मेवारी पूरा गर्न सकोस् । सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सन्दर्भमा अपांगताका सम्बन्धमा माननीयजीहरुले उठाएका कुराहरूसँग म गम्भिरतापूर्वक यसलाई अझ कसरी व्यवस्थित गर्ने, त्यसमा भएका कमी कमजोरीहरूलाई व्यवस्थापन गर्ने विषयलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास व्यक्त गर्न चाहन्छु ।’