अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुशासन आयोग गठन गर्ने सरकारको निर्णय

सुशासन आयोग गठन गर्ने सरकारको निर्णय


काठमाडौ- आज बसेको मन्त्रिपरिषदको बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निर्णय गरेको छ । पेट्रोलियम पदार्थमा कर बापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने पनि निर्णय गरेको छ । यस्तै पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय गरेको छ ।